२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कतिमा भयो हिमालयन रि इन्स्योरेन्सको पहिलो कारोबार?

२३ पुस, काठमाडाैं ।  हिमालयन रि-इन्स्योरेन्सको सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ । स्पेशल प्रि ओपन सेसनमा हिमालयन रि इन्स्योरेन्सको पहिलो कारोबार भएको हाे। साेमबार कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

गत पुस २२ गते आइतबार कम्पनीकाे सेयर नेप्सेमा सूचीकृत भएको थियो। आइतबार कम्पनीकाे कुल १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको एचआरएल स्टक सिम्बलबाट कारोबार सुरु भएको छ  ।

प्रकाशित मिति : January 8, 2024 at 10:55 am