कुमारी बैंकको ६५ हजार कित्ता सेयर बिक्रीमा,क–कसले किन्न पाउँछन् ?
२२ पुस, काठमाडाैं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा राखेकाे छ । बैंकले संस्थापक समूहतर्फको ६५ हजार ६५२ कित्ता सेयर आज(पुस २२ गते)देखि बोलकबोल प्रक्रियाबाट बिक्रीमा राखेकाे हाे ।
उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त अवधिभर कुनै आवेदन नपरेमा अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : २२ पुष २०८०, आईतवार ११:३७