१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रभु बैंकको ३ लाख ३२ हजार कित्ता सेयर बिक्रीमा

१९ पुस, काठमाडाैं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले एकैपटक ११ जना सेयरधनीहरुकाे नाममा रहेकाे ३ लाख ३२ हजार कित्ता सेयर बेच्न लागेकाे हाे ।

बैंकले संस्थापक सेयरधनी सुशिला भट्टको नाममा रहेको ८६ हजार ४६८ कित्ता, रंजीता श्रेष्ठको २८ हजार १३३ कित्ता, कुमार पौडेलको ४४ हजार ५५९ कित्ता, रविन्द्र अधिकारीको ३४ हजार ५८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनकर्मीको ८ हजार ५ सय कित्ता, तिलक बहादुर प्रधानको ३८ हजार ४४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यस्तै, सीताराम के.सी.को २६ हजार ५ सय कित्ता, ध्रुव रत्न मानन्धरको ४१ हजार ६७ कित्ता, धिर बहादुर विष्टको ३ हजार ५०९ कित्ता, करिस्मा राउतको १९ हजार ९८८ कित्ता र केशर बहादुर रावलको ७९३ कित्ता सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएकाे सेयरमा हाल संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र साे सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : January 4, 2024 at 1:05 pm