१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

नेप्से घट्दा पनि हाइड्रोपावरका यी कम्पनीको सर्किट लेभलमा कारोबार

१५ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्दा पनि हरेक दिन हाइड्रोपावर समूहका सेयर सर्किट लेभलमा कारोबार भएका छन्। गत साता बजार निरन्तर उकालो लाग्दा पनि हाइड्रोपावर समूहका सेयर सर्किट लेभलमा कारोबार भएका हुन् ।

नेप्से परिसूचक २१४१.८७ विन्दुबाट चार कारोबारकाे दिनमा ७२.९७ विन्दुले घट्दा पनि प्रत्येक दिन हाइड्रोपावर समूहका कुनै न कुनै कम्पनी सर्किट लेभलमा कारोबार भएका छन्।

गत बिहीबार नेप्से १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द हुँदा पनि भिजन लुम्बिनी ऊर्जा, चिरख्वा हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीकाे सेयर १० प्रतिशतले बढेर सर्किट लागेकाे छ । त्यसैगरी अप्पर लहरे खोला हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, रिभर फल्स पावर, पिपल्स पावर र अप्पर हेवा खोला हाइड्रोपावरकाे सेयर मूल्य पनि धेरै बढ्ने उच्च २० कम्पनी भित्र पर्ने हाइड्रोपावर कम्पनी हुन ।

गत बुधबार नेप्से परिससूचक १७ दशमलब २३ अंकले घट्दा पनि भिजन लुम्बिनी ऊर्जा कम्पनी र चिरख्वा हाइड्रोपावर कम्पनीकाे सर्किट लेभलमै कारोबार भएर बन्द भएका थिए ।

त्यसैगरी गत आइतबार पुस ८ गते नेप्से परिसूचक २१ दशमलब ०३ अंकले घटेर २ हजार ८८ दशमलब ०७ विन्दुमा बन्द भयो । साे दिन नेप्से घट्दा पनि सामलिङ पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी, मैलुङ खोला हाइड्रो, चिरख्वा हाइड्रो सकारात्मक सर्किट लेभलमा कारोबार भएका थिए भने हिमालयन हाइड्रो, माइखोला हाइड्रोलगायतका कम्पनीहरु ७ प्रतिशतभन्दा बढीले बढेर बन्द भएका थिए ।

यसरी नेप्से घट्दो ट्रेन्डमा रहे पनि केही हाइड्रोपावर समूहका कम्पनीहरु भने पालैपालो सर्किट लेभलमा कारोबार भइरहेका छन् । अहिले सेयर बजारमा दीर्घकालीन लगानीभन्दा पनि अल्पकालीन लगानी गर्ने प्रवृत्ति बढेको छ । अल्पकालीन लगानीकर्ता हावी हुँदा हाइड्रोपावर, होटल, उत्पादनमूलक समूह जस्ता थोरै मात्रै पुँजी भएका कम्पनीहरुको बाहुल्यता भएका कम्पनीका सेयरहरु पछिल्लो समय चल्ने गरेको लगानीकर्ताहरू बताउँछन् ।

प्रकाशित मिति : December 31, 2023 at 12:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/