१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

१६ लघुवित्तका सेयरधनीको हात खाली, १२ कम्पनीले घोषणा गरे लाभांश

१३ पुस, काठमाडौं । नेप्सेमा सुचीकृत ५५ वटा लघुवित्तमध्ये हालसम्म १२ वटा लघुवित्तले मात्रै सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका छन् । भने १६ वटा लघुवित्तले सेयरधनीको हात खाली बनाउँदै लाभांश वितरण नगर्ने घोषणा गरेका छन् ।

बाँकी  आधा भन्दा बढी लघुवित्तले अझै पनि सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका छैनन् । गत वर्षको आर्थिक मन्दीका कारण नाफा कमाउन नसकेका कारण धेरै लघुवित्तले लाभांश नदिने घोषणा गरेका हुन् ।  २७ वटा कम्पनीले अझैसम्म लाभांश घोषणासँगै साधारण सभाको सूचना सार्वजनिक गरेका छैनन ।

अहिलेसम्म हिमालयन लघुवित्त , मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, उपकार लघुवित्त, सामुदायिक लघुवित्त, फर्वार्ड लघुवित्त, इन्फिनिटी लघुवित्त, लक्ष्मी लघुवित्त, सिवाइसीएल लघुवित्त, नाडेप लघुवित्त, साधना लघुवित्त, सबैको लघुवित्त, मेरो लघुवित्त र नेरुडे लघुवित्त गरी १६ वटा माइक्रोफाइनान्सले लाभांश नदिने घोषणा गरेका हुन् ।

त्यस्तै, आरएसडीसी, एनआईसी एसिया, स्वावलम्बन, सपोर्ट, धौलागिरी, फस्ट माइक्रोफाइनानस, साना किसान विकास, ग्लोबल आईएमई, आत्मनिर्भर, समता घरेलु, छिमेक र जीवन विकास लघुवित्तले मात्रै लाभांश दिने घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अधिकांश लघुवित्तले १५ प्रतिशतको सिमा भित्र रहेर लाभांश घोषणा गरेका छन् । बाँकी लघुवित्तले सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका छैनन् ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ०९:४०