६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

अपर तामाकोशीको १ करोड कित्ता बढी सेयर बिक्रीमा,यस्तो छ न्यूनतम मूल्य

१३ पुस, काठमाडाैं। अपर तामाकोशी हाइड्रोपावरले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेकाे छ । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख ११ हजार ५३० कित्ता अवितरित हकप्रद सेयर आज(पुस १३ गते)देखि लिलामीमा राखेकाे हाे ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता खरिदका लागि मात्रै आवेदन परेको थियो । बाँकी सेयर कम्पनीले लिलामीमा राखेकाे हाे ।

लिलामीमा राखिएकाे सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ ताेकिएकाे छ । यसकाे अर्थ लगानीकर्ताले उक्त लिलामी सेयरमा आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेस गर्नुपर्नेछ। कम्पनीको सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

कम्पनीकाे सेयर बिक्री प्रबन्धकमा सन राइज क्यापिटल रहेको छ । लगानीकर्ताले नागरिक लगानी कोष,सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु,विराटनगर, धरान,विरगञ्ज,जनकपुर हेटौडा,नारायणगढ,पोखरा बाग्लुङ,बुटवल,नेपालगञ्ज,सुर्खेत,धनगढी र चरिकोटमा पुस २९ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

प्रकाशित मिति : December 29, 2023 at 9:19 am