१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तीन बचत खाताको बीमा सुविधा बन्द गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

१२ पुस, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना तीन बचत खाता योजनाबाट बीमा सुविधाको व्यवस्था हटाएको छ । बैंकले सञ्चालन गरिरहेको कर्पोरेट बेनिफिट बचत खाता,प्रोफेसनल कर्मचारी बचत खाता र प्रवद्धक बचत खाता योजनाबाट बीमाको सुविधा हटाएको हो ।

बैंकले यी बचत खाता योजनाबाट बचतकर्तालाई प्रदान गर्दै आईरहेको आकस्मिक मृत्यु बीमा तथा स्वास्थ्य बीमाको सुविधा पुस १६ गतेदेखि बन्द गरेको जनाएको छ ।  यी योजनामा बचतकर्तालाई बैंकले ५० हजार रुपैयाँसम्मको मेडिकल बीमाका साथै ७ लाख रुपैंयाको दुर्घटना बीमाको व्यवस्था गरेको थियो ।

यी बचत खाता योजनाका अन्य विशेषताहरु भने यथावत नै रहने बैंकले जनाएको छ । उक्त खाता सञ्चालन गरिरहेका बचकर्ताले खाताको योजना परिवर्तन गर्न चाहेमा बैंकको सम्बन्धित शाखा कार्यालयहरुमा सम्पर्क गरी परिवर्तन गर्न बैंकले भनेको छ ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १०:२२