१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एभरेष्ट बैंकका ग्राहकले एएसजी आई केयरमा १० प्रतिशतसम्म छुट पाउने

११ पुस, काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र आईएसजी आई केयर हेल्थ सर्भिस प्रालीबीच सम्झौता भएको छ ।बैंक र कम्पनीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

यससँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेतमा १० प्रतिशतसम्म सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअप समेत निशुल्क हुनेछ । सो समारोहमा बैंकका नायब महाप्रबन्धक श्री गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक संजिब कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : December 27, 2023 at 5:54 pm