२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

आइएमई पे र एजुकेशन पार्क बीच विद्यार्थीलाई ५० प्रतिशत छूट दिने सम्झौता

११ पुस, काठमाडाैं। डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्क बीच आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छूट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार एजुकेशन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आइएमई पेमार्फत् कक्षाको शुल्क भुक्तानी गर्दा सो छूट प्राप्त गर्न सक्नेछन् । यहि पुस ६ गतेबाट लागू भएको सो सम्झौताको अवधि तीन महिनाको हुनेछ ।

आईईएलटीएस र पीटीईको तयारी कक्षामा एजुकेशन पार्क र भुक्तानी सेवा प्रदायक आइएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने दुबै कम्पनीले विश्वास लिएका छन् ।

योजनाको अवधि तीन महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् ।विद्यार्थीहरु माझ लोकप्रिय दुबै कक्षा अनलाईनमार्फत् समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले बताएको छ ।

प्रकाशित मिति : December 27, 2023 at 1:53 pm