१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सिद्धार्थ बैंक २२औं वर्षमाः प्लाटिनम डेबिड कार्ड, ‘फ्रि फोर’ र ‘लग वीन’ योजना सार्वजनिक

१० पुस, काठमाडौं । २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंकलेस्थापनाको २१औँ वर्ष पूरा गरेको छ । यस अवसरमा बैंकले नक्साल स्थित प्रधान कार्यालयमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, पूर्व संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र कर्मचारीहरुको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न गरेको छ ।

बैंकले आफ्नो २० वर्ष पार गरी २१ वर्ष सम्मको यात्रालाई समेटि तयार पारेको ‘कफी टेबल बुक’, यसै कार्यक्रममा सार्वजनिक गरेको छ । यसै कार्यक्रम माझ बैंकले आफ्ना पूर्व संचालक समितिका सदस्यहरु एवं पूर्व प्रमुख कार्यकारी अधिकृतहरुलाई सम्मान गर्नुका साथसाथै बैंकमा कार्यरत रहप् १५ वर्ष सेवा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै अभिनन्दन गरेको छ ।

त्यसैगरी बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो । ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।साथै, यस कार्ड प्रयोगकर्ताहरुलाई आउँदा दिनहरुमा थप सुविधाहरु पनि उपलब्ध गराउने योजना बैंकको रहेको छ ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकहरुलाई लक्षित गर्र्दै ‘फ्रि फोर’ र ‘लग वीन’ योजना पनि बैंकले सार्वजनिक गरेको छ । यही अवसरमा बैंकले देशका विभिन्न स्थानहरु काठमाडौ, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहकहरु एवं स्थानीयवासीहरु गरी २९६ जना रक्तदाताहरुको सहभागिता रहेको थियो । देशका अन्य बाँकी प्रदेशहरुमा पनि रक्तदान कार्यक्रम गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार १४:५८