९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, यस्तो छ नयाँ ब्याज

१० पुस, काठमाडाैं । वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घट्न थालेको छ । मंसिर महिनामा ९.७१ प्रतिशत औसतमा व्यक्तिगत मुद्दती ब्याजदर रहेको २० वटा वाणिज्य बैंकहरूले पुस महिनामा ८.९९१ प्रतिशत ब्याज कायम गरेका छन । समग्रमा बैंकहरूको औसत ब्याजदर ०.६२ प्रतिशत विन्दुले घटेको हाे ।

आधार दरमा बैंकहरुले अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेका छन्। भने कतिपय बैंकहरुले प्रिमियम छुट दिएर समेत कर्जा प्रवाह गरिरहेका छन। एनआईसी एसिया बैंकले एक सूचना जारी गर्दै कर्जामा ३ प्रतिशत मात्रै प्रिमियम लिने जनाएकाे छ ।

कुमारी बैंकको मंसिरको तुलनामा पुसमा कर्जाको ब्याजदर सस्तिएको छ। कुमारी बैंकको आधार दर १०.७८ प्रतिशत रहेको छ। हाल बैंकले आधार दरमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा दिँदै आइरहेको छ।

बैंकले सूचना जारी गर्दै पुस १६ गतेपछि प्रिमियम ३.५ प्रतिशत लिने जनाएकाे छ। मंसिरमा कुमारी बैंकको आधार दर १०.८९ प्रतिशत थियो।सानिमा बैंकको आधार दर ९.५९ प्रतिशत रहेको छ। मंसिरमा बैंकको आधार दर ९.७७ प्रतिशत थियो। मंसिरको तुलनामा बैंकको आधार दर घटेपछि कर्जाको ब्याजदर समेत कम भएको छ।

त्यसैगरी, सिटिजन्स बैंकको आधार दर घटेको छ। मंसिरको तुलनामा पुसमा बैंकको आधार दर ०.२३ प्रतिशत विन्दुले घटेको छ। पुसमा बैंकको आधार दर १०.३९ प्रतिशत रहेको छ। नेपाल एसबीआई बैंकको आधार दर ९.९३ प्रतिशत छ। मंसिरमा बैंकको औषत आधार दर १०.०७ प्रतिशत थियो।

त्यसैगरी, हिमालयन बैंकको आधार दर १०.६२ प्रतिशत, एभरेष्ट बैंकको आधार दर ९.२१ प्रतिशत, माछापुच्छे बैंकको आधार दर ९.८६ प्रतिशत, एनएमबि बैंकको आधार दर ९.९० प्रतिशत, नेपाल बैंकको आधार दर ९.०५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ८.३९ प्रतिशत, सिद्धार्थ बैंकको आधार दर ९.५ प्रतिशत र ग्लोबल आइएमई बैकको आधार दर ९.८ प्रतिशत रहेको छ।

साथै, नबिल बैंकको आधार दर ९.३० प्रतिशत, लक्ष्मी सनराइज बैंकको आधार दर १०.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर ९.६६ प्रतिशत, प्रभु बैंकको आधार दर ९.६६ प्रतिशत, स्टान्डर्ड चाटडर्ड बैंकको आधार दर ८.२२ प्रतिशत रहेकाे छ ।

प्रकाशित मिति : December 26, 2023 at 10:43 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/