६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

ह्याम्स अस्पतालले प्रिमियममा आईपीओ निष्कासन गर्ने

९ पुस, काठमाडाैं। ह्याम्स अस्पतालले आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत पुस ६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशतले हुन आउने कुल अर्थात् ११ करोड २५ लाख रकम बराबरको १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १८८ रुपैयाँ थप गरी प्रतिसेयर २८८ रुपैयाँमा सर्वसाधारणहरुलाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित मिति : December 25, 2023 at 10:31 am