६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सिटिजन्स बैंकका पूर्वअध्यक्ष कुलचन्द्र गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

८ पुस, काठमाडौं । सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष कुलचन्द्र गौतम बैंकर्स संघबाट सम्मानित भएका छन् । शनिबार चितवनमा आयोजित संघको ३७ औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको समुपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरको हो ।

गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी समयदेखि योगदान पुर्याउँदै आएका छन् ।

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा मिति २०६७ वैशाख १७ देखि मिति २०६८ असोज २८ गतेसम्म रहेका थिए ।नेपाल बैंकर्स संघबाट बैंकका पूर्वअध्यक्ष सम्मानित हुनु गर्वको विषय भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : December 24, 2023 at 1:15 pm