१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

८ पुस, गण्डकी । पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ ।

गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार छ सय २७, सटरकबल आठ लाख ६८ हजार, कामधेनु गाईले चार लाख ६२ हजार आठ सय ६०, सदस्यता रसिद ४६ हजार र अन्य तीन लाख २३ हजार सात सय ६१ रुपैयाँ आम्दानी गरेको हो ।

उच्च अदातल पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले शनिबार साधारणसभाको उद्घाटन गर्दै प्रमाणका आधारमा छिटोछरितो न्याय सम्पादनमा अदालत क्रियाशील रहेको बताए। धार्मिक क्षेत्रको आम्दानी शिक्षा, स्वास्थ्य र समाजको विकाससँगै आयमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।

पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले प्राकृतिक स्रोतको आम्दानीबाट विपन्न वर्गलाई सघाउन सुझाव दिए ।साधारणसभामा गुफाको संरक्षणमा सहयोग गरेबापत गण्डकी प्रदेशसभा सचिव हरिराम पोख्रेल, धनुषा जिल्ला न्यायाधीश योगनाथ ढकाललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : December 24, 2023 at 1:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/