एक बैंकको ८ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा, तपाईंको आयो त ?
८ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकको मंसिर २८ गते सम्पन्न १७औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश मंसिर २८ गतेदेखि सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको बैकले जानकारी दिएको छ ।
बैंकले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउन बैंकले अनुरोध गरेको छ ।
प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ११:१५