सुपर मादी हाइड्रोको लाभांश घोषणा, साधारणसभा पनि आह्वान
८ पुस, काठमाडाैं । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० काे मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्ता पुंजीको कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजेबाट शुरु हुनेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : December 24, 2023 at 10:46 am









