१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने, डाक्यो साधारण सभा

८ पुस, काठमाडाैं। हिमालयन बैंक लिमिटेडले साधारणसभा बाेलाएकाे छ । बैंकले पुस २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्काशन गर्ने, एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसकाे अर्थ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता हुन सक्नेछन्।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ०९:३१