२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

माउन्टेन इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, लाभांशाका लागि यस्तो छ प्रस्ताव


३ पुस, काठमाडौँ । माउन्टेन इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । माउन्टेन इनर्जीले पुस २३ गते बोलाएको आठौं वार्षिक साधारणसभामा १ बराबर १ शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको छ ।

कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ। नगद र बोनस कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव नरहेको कम्पनीले जनाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि बुकक्लोज गर्दै छ। पुस १२ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले कम्पनीको सभामा भाग लिन पाउने छन्।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार ११:१२