२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

डा. गोविन्द केसीले तीन दिनमै ताेडे अनशन

२ पुस, काठमाडाैं । डा. गोविन्द केसीले तीन दिनमै अनशन ताेडेका छन् । विभिन्न मागसहित धनगढी पुगेका डा. केसीले तीन दिनमै अनशन तोडेका हुन् । उनि शुक्रबारबाट धनगढीको लक्ष्मीनारायण मन्दिर परिसरमा अनसन बसेका थिए ।

गेटा मेडिकल कलेजमा अनशन बस्न गएका उनलाई त्यहाँ स्थानीय संघर्ष समितिले प्रवेश गर्ननदिएपछि उनी लक्ष्मीनारायण मन्दिरमा पुगेर अनशनमा बसेका थिए।

समर्थनभन्दा धेरै विरोध सहनुपरेपछि केसी पहिलो पटक आफ्नो आन्दोलनबाट पछि हटेका हुन्। उनले दर्जनौँ पटक अनशन बसिसकेका छन्। तर, यस पटक उनी तीन दिनमै आन्दोलन रोक्ने निर्णयमा पुगेका हुन्।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यले गत शुक्रबार प्रतिष्ठानको विषय आफ्नो मुद्दा नबनाउन केसीलाई आग्रह गरेका थिए।

केसीले गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न माग गरेका थिए। तर आफूहरुले विश्वविद्यालय चाहिने माग गरेकाले केसीलाई साथ दिन नदिने अडान संघर्ष समितिका सदस्यहरूले राखेका थिए।

प्रकाशित मिति : December 18, 2023 at 5:21 pm