२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

अष्ट्रेलियाको राजधानीमा नेपाली टोपी दिवस मनाईदै


अष्ट्रेलिया। प्रबासी नेपाली  मञ्च साउथ अष्ट्रेलियन क्यापिटल टेरोटेरीले क्यानवेरामा जनवरी १ मा अन्तराष्ट्रिय नेपाली टोपी दिवसको सन्दर्भमा बार्बिक्यू सहितको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

स्थानिय कमनवेल्थ पार्कमा हुने कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै मञ्चका राज्य समितिका इन्चार्ज किशोर भण्डारीले  बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा नेपालीहरुको एकता, सद्भाव र बहादुरीको पहिचानको रुपमा रहेको नेपाली टोपीलाई चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वताए । भण्डारीले नया वर्षको सन्दर्भमा आम राजधानीवासी एक अर्कामा शुभकामना आदान प्रदान गर्दै नेपाली परम्परागत गित संगितको मनोरञ्जन प्रदान गर्न मञ्चले कार्यक्रमको आयोजना गरेको पनि वताए । 

मञ्चका राज्य समिति अध्यक्ष अभिषेक उप्रेतीले कार्यक्रम अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई परिचित गराउदै नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने उद्देश्य रहेका बताए । उनले गैर्ह नेपाली विचमा समेत नेपालको प्रचार प्रसार गरि नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटनको क्षेत्रमा सानो भए पनि सहयोग पुगोस भन्ने चाहना रहेको बताए ।

कार्यक्रमको प्रवेश नि:शुल्क रहेको आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार ११:२६