२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

`क्लचर्स इन क्रिकेट´मा एन्का क्रिकेटर कुशल भुर्तेल सहित सहभागी हुदै


एडिलेड । आगामी डिसेम्वर १९ मा साउथ अष्ट्रेलियन क्रिकेट एसोशियसनको आयोजनामा `क्लचर इन क्रिकेट´ हुने भएको छ । साउथ अष्ट्रेलियाको मुख्य खेल मैदान एडिलेड ओवलमा हुने कार्यक्रममा नेपाल सहित आठ देशका प्रतिनिधीहरुले यहा हुने परेडमा भाग लिने भएका छन् । नेपालको तर्फबाट  नेप्लिज क्रिकेट एसोशियसन (एन्का)ले अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय टिमका खेलाडी कुशल भुर्तेल समेत सहभागी हुने भएका छन् ।

भुर्तेल अध्यक्ष जोशी सहित एन्का जेम्सका दश बालबालिकाहरुले नेपालको झण्डा लिएर परेडमा सहभागी हुने  भएका छन् ।

चन्द्रकोट ज्वयेलर्स एडिलेडको आतिथ्यमा सोमवार एडिलेड आउदै गरेका भुर्तेललाई एन्काले यहाको महत्वपुर्ण कार्यक्रममा सहभागी गराउन पाउदा खुशी लागेको एन्का अध्यक्ष बिजय जोशीले बताए ।

बहुसांस्कृतिक मुलुक राष्ट्र अष्ट्रेलियाले विभिन्न क्षेत्र सहित क्रिकेटमा समेत समाजको विविधताको प्रतिनिधित्व गराउने प्रयास गर्दै आएको छ । अध्यक्ष जोशीका अनुसार भुर्तेलले मंगलवार नै साउथ अष्ट्रेलिन क्रिकेट एसोशियसनको हलमा यहा रहेका क्रिकेट खेलाडीहरु संग छलफल समेत गर्ने भएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार १०:१२