यी वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?
२९ मंसिर, काठमाडौं । हालसम्म आधा दर्जन वाणिज्य बैंकहरुले मुद्दति निक्षेप ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् भने केही बैंकहरूले मंसिर महिनाकाे अन्तिमबाटै लागू हुनेगरी नयाँँ ब्याजदर सार्वजनिक गरेका छन् ।
एनआईसी एसीया बैंकले मंसिर महिनाको तुलनामा पुस महिनाका लागि मुद्दती निक्षेप ब्याजदर घटाएको छ । बैंकले ३ देखि ६ महिनासम्मकाे मुद्दती निक्षेपको ब्याजदरलाई ७ प्रतिशतमा झारेको छ। बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दतीमा भने ८.६७ प्रतिशत ब्याज दिने जनाएको छ।
व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.६१० प्रतिशत र संस्थागतमा ७.६१० प्रतिशत ब्याज दिने बैंकले जनाएकाे छ। साथै, बैंकले साधारण बचतको अधिकतम ब्याजदर घटाएर ६.७१० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो ब्याजदर ७.५१० प्रतिशत थियो।
त्यस्तै, एनएमबी बैंकले मंसिर महिनाको तुलनामा ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि मंसिर २५ गतेदेखि नै लागू हुनेगरी ब्याजदर सार्वजनिक गरेकाे हाे । बैंकले साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। त्यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो।
व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ९ प्रतिशतसम्म्म ब्यज दिने भएको छ । मंसिरमा एनएमबी बैंकले अधिक्तम ९.७६ प्रतिशत ब्यादर कायम गरेको थियो । बैंकले न्युनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज तोकेको छ । त्यस्तै, बैंकले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशतसम्म ब्याज कायम गरेको छ ।
माछापुच्छ्रे बैंकले पनि मंसिर २६ गतेदेखि नै लागू हुनेगरी ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ । साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले रेमिट्यान्स मुद्दती खातामा भने १०.६० प्रतिशत ब्याजदर तोकेको छ ।
कुमारी बैंकले पुस महिनाका लागि मंसिर २४ गते देखि नै लागू हुनेगरी मंसिर महिनामा ६ महिनाभन्दा बढीको मुद्दती निक्षेपको ब्याजदर १०.०१ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर ९.०१ प्रतिशत तोकेको छ। १ वर्षभन्दा बढी अवधिको ब्याजदर भने ९.६१ प्रतिशत तोकेको छ।
साथै, बैंकले साधारण बचतको अधिकतम ब्याजदर घटाएर ६.७१० प्रतिशत कायम गरेको छ। यसअघि बैंककाे साधारण बचतको अधिकतम ब्याजदर ७.५१० प्रतिशत थियो।
स्टयाडर्ड चाटर्ड बैंकले पुस १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अघिक्तम मुद्दति निक्षेपकाे ब्याजदर ८.५६ प्रतिशत तोकेको छ । त्यस्तै, संंस्थागत तर्फ अधिक्तम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १४:३५