१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नबिल बैंकको ३ अर्बको ऋणपत्र जारी, कति पाइन्छ ब्याज ?

२९ मंसिर, काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँको (९% नबिल डिबेन्चर २०८७’) ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो ।

यो ऋणपत्रका कुल कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री हुनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानीकोषका लागि छुट्याइएको छ ।

नबिलले ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा ९ प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । इच्छुकले न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्मका लागि खरीद आवेदन दिनसक्नेछन् ।

नवील बैंकको ऋणपत्रको  निश्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १२:२७