यो वर्ष कुमारी बैंकले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली
२९ मंसिर, काठमाडाैं। कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने भएकाे छ । बैंककाे गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले याे बर्ष सेयरधनिका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
बैंकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १०:४२