११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी पाण्डेयलाई

२७ मंसिर, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्न तोकेका छन् ।

महासचिव डा भरतराज गौतमले यही मंसिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए ।  प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्काे व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोक्नुभएको संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष मंसिर २८ गते संसद् दिवस मनाइने गरेको छ

प्रकाशित मिति : December 13, 2023 at 12:40 pm