६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सूचीकृत कम्पनीलाई ३० दिन अगावै लकइन अवधिको जानकारी दिन धितोपत्र बोर्डको निर्देशन

२५ मंसिर, काठमाडाैं। सूचीकृत संगठित कम्पनीहरुलाई लकइनमा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता तथा सम्वन्धित सबै सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको छ ।

सेयरको ‘लक इन’अवधि खुल्ने जानकारी ३० दिन अगावै सार्वजनिक गर्ने व्यवस्था मिलाउन बोर्डले सूचीकृत कम्पनी, नेपाल स्टक एक्सचेन्ज(नेप्से) र सिडीएसलाई निर्देशन दिएको हाे ।

शेयर लक इनमा रहेको वर्ग (जस्तैः संस्थापक, स्थानीय प्रभावित आदि), लक इनमा रहेको कूल शेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्टरूपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने, सो को जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.लाई उपलब्ध गराउनुपर्ने साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफनो वेवसाईटमा समेत राख्न सेबोनको निर्देशन छ ।

सम्बन्धित सूचीकृत संगठित संस्थाबाट लक इन अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात्‌ नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि.ले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी वेवसाईटमा राख्न पनि सेबोनले निर्देशन दिएको हो ।

प्रकाशित मिति : December 11, 2023 at 3:31 pm