६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

एनएमबि बैंकले घटायो ब्याजदर

२५ मंसिर, काठमाडाैं। एनएमबि बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार आज (मंसिर २५ गते) देखि लागु ब्याजदर घटाएको छ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। त्यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको सो दरमा ब्याज दिने भएको हो।

प्रकाशित मिति : December 11, 2023 at 10:40 am