बजारमा तेस्रो सर्किट लाग्दा पनि यी कम्पनीको सेयर मूल्य घट्यो
२४ मंसिर, काठमाडौँ । बजारमा आज तेस्रो पटक सर्किट लागेको छ । बजार ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार स्थगित भएको हाे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.२० अकंले बढेर १९६३.९८ बिन्दुमा पुगेको हो । ९ मिनेट मात्र खुलेको बजारमा दुई सय ४४ कम्पनीको १३ लाख ६७ हजार छ सय १५ कित्ता सेयर सात हजार १४ पटक खरिदबिक्री हुँदा रू ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ बराबरको कारोबार भएको छ ।
आज उपकार लघुवित्त वित्तको ०.४२ प्रतिशतले र कालिका लघुवित्तको ०.०५ प्रतिशतले शेयर मूल्य घटेको हो । यी दुई बाहेक अरु सबै कम्पनीको शेयर मूल्य बढेको छ ।
प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १३:२४