२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

एडिलेड नेपाली विद्यालयद्वारा २४ विधामा विद्यार्थी सम्मान, सुमांश रेग्मी भए स्टुडेन्ड अफ द एयर


एडिलेड । एडिलेड नेपाली विद्यालयले वर्ष २०२३ मा अध्ययन गरेका विद्यार्थीहरुलाई विभिन्न २४ विधामा सम्मान गरेको छ । जसमा यस बर्षको स्टुडेन्ड अफ द एयर सुमांश रेग्मी भएका छन् ।

यसै गरि Rising Star Award अवार्ड नील उपाध्याय, अन्या शर्मा स्वाधीन मिश्रा,  Awesome Attendance अरिसा कँडेल, Amazing Listener आरुष आचार्य, आयुम सापकोटा, स्काइराह सिम्खडा, रोहन बसेल Active Class Participation दिशान्त भुसाल, स्वाधीन गौतम, नियोन खड्का, प्रज्ञा निरौला Sportsmanship इभान कँडेल, मरनल बगाले, आशुतोष गिरी, बिसाज उपाध्याय Awesome Attitude वृद्दी गिरी, प्रिष्मा केसी,सम्योग सापकोटा, स्वेजल पौडेल Awesome Homework Hero दिव्या सापकोटा, बसुधा घिमिरे Creative Award रुबी आचार्य, खुशी शर्मा, ओवी थापा Fantastic Team Player हारुन कँडेल, एलिना ढकाल, आर्यमान सुवेदी Entusiastic Learner अरिन कम्बाङ, प्रिसा अधिकारी श्रेया बस्नेत, सबल पौडेल Student of Integrity Award (Amazingly Responsible) निरव शर्मा,सावना पहाडी, त्रिसा लामिछाने, सुयोग सापकोटा Excellent Effort अभि चापागाई, एलन ढकाल, रेगन राज, खड्का, सुहाना शर्मा Well Disciplined साम्राज्ञी पराजुली, रिभान पौडेल, ओलेना दाहाल, त्रिशा लामिछाने Awesome Class Leader निधि रिमाल, रोजेन मानन्धर,ऋतिक आचार्य, साकार सापकोटा Outstanding Organizer उत्तम लामा, बियान्का सापकोटा, सामी पौडेल, इभाना बस्नेत तण्डुकार Cooperative Little champ देवांश भट्टराई हजल दाहाल, प्रयुषा अधिकारी, निसा माया खड्का, Consistent Learner निवेश सुवेदी, प्रजिन निरौला, आकृति सुवेदी Amazing Role Model रेशा शाक्य, कृतिना रोज पराजुली, मेलोडी दाहाल, शुभन कडेल Fluent Nepali Speaker आरिस सिम्खडा, अनुभव सापकोटा, ओम सापकोटा Beautiful Nepali Handwriting रितिशा रिजाल, बाटिका सापकोटा Wisdom Award सुमांश रेग्मी, गणेश सापकोटा, श्रेयांश केसी Cultural Ambassador अड्रिन घिमिरे Calm & Confident Award रिया पौडेल, टुन्डअप फुन्चोक गुरुङ भएका छन् 

सम्मानित विद्यार्थीहरुलाई विद्यालयकी संस्थापक प्रिन्सिपल तथा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेल, जन सम्पर्क अधिकारी सुरेन्द्र रेग्मी, विद्यालय प्राचार्य लक्ष्मी सापकोटा आचार्य, प्रशासक सुधा किरण कडेल सापकोटा, नव नियुक्त प्राचार्य एलिजा ढकाल लगायतका शिक्षक शिक्षिकाहरुबाट माया चिनो सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

सोहि कार्यक्रममा नव नियुक्त विद्यालयकी प्राचार्य एलिजा ढकाललाई प्राचार्य लक्ष्मी सापकोटा आचार्य प्रशासक सुधा किरण कडेल सापकोटाबाट पद हस्तारण तथा विद्यालयको भौतिक सामाग्रीहरुको हस्तान्तरण गरिएको थियो ।

विद्यालयको मातृ संस्था एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेलले गत शैक्षिक सत्रका स्वयंसेवक शिक्षक शिक्षिकाहरुलाई सम्मान गर्दै माया चिनो प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य लक्ष्मी सापकोटा आचार्यले विगत चार वर्षमा आफु सहितको टिमलाई विद्यालय संचालन गर्न सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गर्दै आगामी शैक्षिक सत्रमा नयाँ विद्यालयको टिमलाई साथ र सहयोग प्रदान गर्न आग्रह गरिन । त्यसै गरि यसै बर्षको प्राचार्य संगै यसै बर्षको अन्त्यबाट विद्यालय प्रसाशकबाट विदाई हुदै गरेकी प्रशासक सुधा किरण कडेल सापकोटाले विद्यालय टिमलाई  काम मनपराएर बालबालिका पठाईदिनु भएकोमा अभिभावकहरुलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको निरन्तर सेवा र विकासमा सधै सहयोगी हुने बताउदै नयाँ टिमलाई शुभकामना व्यक्त गरिन ।

सम्मान कार्यक्रम  समाजका जन सम्पर्क अधिकारी सुरेन्द्र रेग्मीको संचालनमा भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार ०९:५४