२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एनसेलको सेयर खरिदबिक्रीबारे छानविन गर्न समिति गठन, आजैबाट काम सुरु

२२ मंसिर, काठमाडौँ । सरकारले एनसेलको सेयर खरिदबिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज आयोजित पत्रकार सम्मेलनमा सेयर खरिदबिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिइन् । समितिलाई ३० दिनको समय दिइएको छ ।

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव नितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो । समितिले आजैबाट कामको सुरु गरिसकेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १६:०९