२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

पासाङल्हामु राजमार्गको तिनपिप्ले रानीपाैवा सडकको ठेक्का आह्वान

२२ मंसिर, नुवाकोट । पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले(रानीपौवा सडकको ठेक्का आह्वान भएको छ । डिभिजन सडक कार्यालय नुवाकोटले बिहीबार ठेक्का आह्वान गरेको हो । अर्थमन्त्री डा प्रकाशरशरण महतले १ अर्ब ३३ करोड २ सय ६८ रूपैयाँ स्रोत सुनिश्चत गरिदिएपछि डिभिजन सडक कार्यालय नुवाकोटले ठेक्का खोलेको हो ।

ठेक्का खुलेसँगै अर्थमन्त्री महतका स्वकीय सचिव समेत रहेका नुवाकोट कांग्रेसका सहसचिव उत्तम पाठकले अहिले आन्तरिक स्रोतबाटै सडक निर्माण गर्नका लागि स्रोत सुनिश्चत गरेर ठेक्का खोलिएका कारण पहिलेको जस्तो काम हुँदैन कि भनेर शंका गर्नु अवाश्यक नरहेको बताएका छन । उनले रानीपौवा भन्दा अगाडि ३ देखि ४ किलोमिटर सडक यही बजेटबाट स्तरोन्ती र कालोपत्रे हुने बताएका छन ।  पाठकले बाँकी सडक निर्माणका लागि पनि विभिन्न उपायको खोजी भैरहेको बताएका छन ।

सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा ५० करोड रूपैयाँ उक्त सडकका लागि बजेट विनियोजन गरेको थियो । सडकको डिपिआर तयार भएको र कुल लागत १ अर्ब ३३ करोड हुने अनुमान गरिएको छ । सडक निर्माणका लागि बहुबर्षिय ठेक्का खोल्ने कुरा यसअघि नै स्वीकृत भएको थियो । गत साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले-रानिपौवा सडकको बहुबर्षिय ठेक्का लागि स्वीकृत दिएका थिए ।

विगतमा अर्कै सडक आयोजनाबाट निर्माण गर्न खोजिएको यो सडकखण्ड यस पटक भने सरकारको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का लगाउने छ । सडक सात मिटर चौडाइको कालोपत्रे हुनेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी विवादित ठेकेदार शारदाप्रसाद अधिकारीसहितको जेभी ठेक्का भएर पनि काम नभएपछि ९ वर्षसम्म सडक भत्काएर अलपत्र पारिएको थियो । भारतको एक्जिम बैंकको ऋण लगानीमा विस्तार हुन लागेको सडकमा ठेक्का कतिपय शर्तका कारण काममा अफ्ठेरो हुँदै आएको सडक आयोजनाका कर्मचारीले बताउने गरेका छन । अहिले उक्त ठेक्का रद्द भैसकेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १०:५१