२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ ?

२० मंसिर, काठमाडाैं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाले  सेयर खरिदबिक्रीमा नेपालको कानूनको पूर्ण पालना गर्ने बताएको छ । सेयर खरिदबिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणले साेधेकाे प्रश्नमा जवाफी पत्र पठाउँदै एनसेलले यस्ताे बताएकाे हाे ।

मंगलबार एनसेलले जवाफी पत्र पठाएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । जवाफमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र सेयर खरिद-बिक्रीको लागि पनि सहमति लिने जवाफ दिएको उनले बताए ।

एनसेलले पठाएको पत्रमा आजियाटा यूके र स्पेक्ट्रलाइट कम्पनीबीच सेयर खरिद-बिक्रीका लागि भएको द्वीपक्षीय सम्झौता समेतका कागजात तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलन गर्ने क्रममै रहेको उल्लेख छ ।

‘ यस कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद खरिद बिक्री गर्ने सम्बन्धनमा आजियटा युके र स्पेट्रलाइट युके लिमिटेडबीच सेयर बिक्री सम्झौतासम्म गरेकाले त्यहाँको पत्रका सम्बन्ध दूरसञ्चार नियमावलीको २०५४ को नियम १५. १ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ को परिपालनको प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लेखित सेयर खरिद बिक्रीका लागि भएको दुई पक्षीय सम्झौता समेतका कागजातहरु तदारुकतासाथ सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको अवतग गराउन चाहन्छौं ।’ एनसेलले प्राधिकरणलाइ पठाएकाे पत्रमा उल्लेख छ ।

एनसेलको पत्रमा भनिएको छ, ‘एनसेल आजियटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनमा सधैं जागरुक र कटिबद्ध भएको प्राधिकरणमा अवगत नै छ । अत: त्यो पत्रमा उल्लेखित नियमावली र विनियामवलीको पूर्णपालना गर्न सदाझैं एनसेल आजियटा प्रतिबद्ध रहेको व्यहोरा सादर अनुरोध गर्दै नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनयामवली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल सो कागजातहरु संकलन गरि दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिद बिक्री विनियामली २०७६ को विनियम ४ अनुसार त्यहाँ प्राधिकरणसमक्ष सेयर खेरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा सादर अवगत गराउन चाहन्छौं ।’

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १३:५२