१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँड, १ लाख १४ हजार १२५ जनाले पाए सेयर

२० मंसिर, काठमाडौं , नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बुधबार बिहान सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले मंसिर १० देखि मंसिर १३ सम्म सर्वसाधारणलाई ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपीओमा कुल १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । यी मध्ये ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । भने ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड गरीएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा कुल १ लाख १४ हजार १ सय २५ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हातखाली भएको छ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १०:२७