२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

गृहमन्त्री श्रेष्ठको मुटुमा फेरि समस्या, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

२०  मंसिर, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा फेरि समस्या देखिएको छ । गयराति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जियोप्लास्टी गरिएको छ । डा अरूण मास्केसहितको चिकित्सकको टोलीले गृहमन्त्री श्रेष्ठको उपचार गरिरहेको छ । अहिले सघन उपचार कक्षामा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्ड अहिले बिहान अस्पताल पुगेका छन । गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले प्रधानमन्त्रीले स्वास्थ्य अवस्थका बारेमा चिकित्सकसँग छलफल समेत गरेका छन ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उहाँको उपचार गएिको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ०८:०९