३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

अन्तिम दिनसम्म हिमालयन रि इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ तथ्यांक

१९ मंसिर, काठमाडौं। हिमालयन रि इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्ममा ९४ करोड ४० लाख बढी रुपैयाँ संकलन भएको छ ।  कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ३४ हजार २०६ जना आवेदकले ९४ करोड ४० लाख ३० हजार २० रुपैयाँ बराबरको ४५ लाख ८२ हजार ६७० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 09:45