३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड मंगलबार, सेयर पाउने कति ?

१८ मंसिर, काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ भोली मंसिर १९ गते मंगलबार बाँडफाड हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँड हुने भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात भने खालि हुने भएको छ ।  कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

प्रकाशित मिति : 13:16