२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

नबिल बैंकको साधारण सभाको मिति परिवर्तन, अब कहिले बस्छ ?

१८ मंसिर, काठमाडौं। नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ। बैंकले ३९ औँ साधारण सभा पुस १३ गते बोलाएकोमा उक्त समय परिमार्जन गर्दै पुस १२ गते साधारण सभा बोलाएको छ।

सभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाण्डौमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्तापूँजीको ११ प्रतिशतले हुन आउने २ अर्ब ९७ करोड ६२ लाख ६९ हजार ६४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले बैंकको नियमावलीका नियमहरु संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी मंसिर २९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यसको अर्थ मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले साधारण सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउने छन् ।

प्रकाशित मिति : December 4, 2023 at 10:47 am