२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रिय सभा चुनावः उम्मेदवारी दर्ता पुस २३ गते हुने

१७ मंसिर, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस २३ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको हो।

आयोगले पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको हो। मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने  आयोगले  जनाएकाे छ । यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १७:०७