२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सांसद धनबहादुर केसी सम्मानित

१७ मंसिर, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी (डिबि) सम्मानित भएका छन् । रुकुम पूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सांसद केसी बुटवलमा जारी नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट सम्मानित भएका हुन्। पार्टी सङ्गठन सुदृढीकरणमा महत्पूर्ण भूमिका खेलको भन्दै नेपाली कांग्रेसले उनलाई सम्मान गरेको हो ।

कांग्रेसले विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सम्मान गर्ने क्रममा सांसद केसीलाई सम्मान गरेकाे सांसद केसीका स्वकिय सचिव लाेकेन्द्र खनालले जानकारी दिए । लुम्बिनी प्रदेशमा कांग्रेसका प्रत्यक्ष तर्फका १७ र समानुपातिक तर्फका १० गरी २७ जना सांसद रहेका छन् । गत वर्ष भएको निर्वाचनमा २३ वर्षपछि रुकुम पूर्वबाट कांग्रेस नेता केसी लुम्बिनी प्रदेश सभामा अत्यधिक मतका साथ निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १५:५४