२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

जेपी सिलवालको पहलमा जुगलका जालबहादुरको घर बन्दै

१६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल उसै पनि चिसो ठाउँ, मंसिरको चिसो सिरेटोले हानिरहेको थियो । चिसो बढ्यो भन्दैमा घरमै बस्ने कुरा पनि भएन, हातमुख जोड्नको लागि काम त गर्न पर्यो । बिहानको खाना खाएर जालबहादुर तामाङ्ग साबिक झैँ सामान्य काममा नै गएका थिए । हो, जालबहादुर दिनचार्य यसैगरी बित्दै थियो ।

दिनभर खेतबारीको काम सकेर उनी घरमा छिरेका थिए । खाना खाएर सुत्ने तरखरमा थिए जालबहादुर । एक्कासी उज्यालो बढेजस्तो, तातो आए जस्तो भयो । उनले के भएछ भनेर यसो घर बाहिर हेरे, त्याँहा त आफ्नै बासस्थान पो आगलागी भएको रहेछ ।

घटना मंसिर ८ गतेको हो । जुगल–४ मान्द्रामा रहेको जालबहादुरको घर आगलागीले पूर्ण रुपमा क्षति भएको छ । “आफ्नै पालिका (जुगल) उक्त घट्ना घटेको थाहा पाएपछि, कति बेला त्यहा पुगेर आफूले सकेको सहयोग गरौ भएको थियो । त्यो दिन काम विशेषले गर्दा हेटौडा गएको थिएँ । त्यहाको काम छोट्याएर काठामाण्डौ आए । र, केहि सामग्री आफूले त केहि सामग्री साथीहरुको सहयोग लिएर मान्द्रामा (जुगल) पुगेर आगलागि पिडितलाई राहत सामग्री हस्तान्तरण गर्यौ । यतिले पिडितलाई पर्याप्त त हुन्न् तर पिडितको घाउमा अलिकति भए पनि मल्हम लगाउन सके ”  जुगलका जनप्रतिनिधि जेपी सिलवालले भने ।

आगलागी पीडितलाई सिलवालको टिमले (सिरक, डस्ना, सिरानि, ब्ल्यालङकेट २/२ थान, घर निर्माणको लागि २ बण्डल जस्तापाता र २० थान काठ दिएका छन् । उता, अनेरास्ववियु बागमतीका कोषाध्यक्ष अमृता थापा तथा सदस्य सुवोध राउतको पहलमा पीडितका २ बच्चाको लागि स्टेसनरी तथा शैक्षिक सामग्री समेत प्राप्त भएको छ ।

पीडित तामाङले राहत सामग्री पाएपछि मुस्कुराउँदै खुशी ब्यक्त गर्दै भने “अरु आउँदा खाने कुरा र लुगा ल्याइदिएका थिए हजुरहरुले त घर निर्माणको लागि जस्तापाता र काठ ल्यादिनु भयो अझ नानीबाबुको लागि कापी कलम झोला, बक्स आदि दिनुभयो तपाइरुलाई धेरै धरै धन्यवाद” ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार ११:५४