२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने

१५ मंसिर, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी थुनामै रहने भएका छन्। उच्च अदालत पाटनले शुक्रबार यस्तो आदेश गरेको हो।

रायमाझीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा ईन्द्रजित राई, सन्देश शर्मा, गोविन्द चौधरी, केशवप्रसाद दुलाल र सागर राईलाई थुनामै राख्ने आदेश भएको हाे।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश गरिएकाेछ । टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन्। रामशरण केसीसँग १५ लाख धरौटी माग भएको छ।

यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँणका हकमा न्यायाधीशहरूबीच रायबाझी भएको छ। रायमाझीका छोरा सन्दीपसँग भने ३० लाख धरौटी माग भएको छ।

प्रकाशित मिति : December 1, 2023 at 4:38 pm