२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठान बीच नगदरहित सेवा सम्झौता

१५ मंसिर, काठमाडाैं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थित सिद्धि स्मृति प्रतिष्ठान बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका सञ्चालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाईजेसन प्राप्त गर्न सकिने छ ।

साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्का नायव प्रमुख कार्यकारी ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानबाट औषधोपचार बीमालेख खरिद गरेका आफना ग्राहकहरुलाई ढुक्क भएर सेवा लिन गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १३:३९