१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ३२ करोडको कारोबार

१४ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ । बिहिबार २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन कम्पनीको सेयरमूल्य ५.६३ प्रतिशतले बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ । आज विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।  आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १५:१६