२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नगरपालिकाको एम्बुलेन्स चढेर भूकम्पका घाइते कृष्णहरि ८ वर्षपछि नुवाकोट फर्किए

१४ मंसिर, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले आफ्नै स्रोतबाट तीन वटा एम्बुलेन्स खरिद गरी बुधबारबाट सञ्चालन सुरू गरेको छ । एम्बलेन्समा विपन्न, अपाङ्ग र सुक्केरीका लागि नगरपालिकाले निशुल्क सेवा उपलब्ध गराउने जनाएको छ । वडा कार्यालयको समन्वयमा स्वास्थ्य चौकीहरूबाट सञ्चालन हुने एम्बलेन्सले नागरिकहरूले लाभन्वित हुनेनैछन ।

बिहीबार ८ वर्षदेखि बिरामी (अचेत) अवस्थामा रहेका बेलकोटगढी ३ कुमरीका कृष्णहरि पुडासैनी नगरपालिकाको एम्बुलेन्स चढेर ८ वर्षपछि आफ्नो घर फर्किएका छन । ८ वर्षदेखि विभिन्न अस्पतालको शैयामा उपचार गराउँदा पनि निको हुन नसकेका कृष्णहरि बिहीबार पिता लिलानाथ पुडासैनीसँगै गाउँ फर्किएका हुन । आर्थिक अभाव भएपछि लिलानाथले छोराका उपचारमा सहयोग गरिदिन याचना समेत गरेका थिए ।

नगरपालिकाले खरिद गरेको एम्बुलेन्स गाउँमै रहने र अस्पताल आउँन जान पनि सहज हुने भएपछि लिलानाथ छोरो लिएर गाउँ फर्किएका हुन । बुधबारदेखि नगरपालिकाले एम्बुलेन्स सञ्चालन गरेको जानकारी पाएपछि वडा अध्यक्ष कौशिला पुडासैनीसँग समन्वय गरेर लिलानाथले छोरालाइ घर ल्याएका हुन । वडा अध्यक्ष पुडासैनीले लिलानाथको अनुरोधमा एम्बुलेन्समा राखेर काठमाडौँदेखि कृष्णहरिको घर डाँडागाउँमा पुर्याउन सहयोग गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन ।

पर्यटन पथ प्रदर्शक ३५ वर्षीय कृष्णहरि २०७२ सालको भूकम्पको समयमा लाङटाङको पहिरोमा पुरिनबाट जोगिएका थिए । उनी हिमपहिरोबाट बचे र चारदिनसम्म रूपमा चढेर बसेर बाँचेका थिए । पछि हेलिकप्टरबाट उद्धार गरी त्रिशुली ल्याइपुगेपछि घर गएका थिए । केही दिन घरमा आराम गरेका उनी अलि असन्तुलित जस्तो देखिन्थे । सोही वैशाखको अन्तिममा थप बिरामी भएर अस्पताल पुर्याएका उनी उपचारकै क्रममा अचेत हुन पुगे ।

काठमाडौँको ट्रमा सेन्टर, ओम अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, ग्रिनसिटी हुँदै बालाजुको जनमैत्री (अहिले उक्त अस्पतालको नाम परिवर्तन भएको छ) पुर्याइयो । पाँच दिन भेन्टिलेटरमा राख्ने भने पनि जनमैत्री अस्पतालले ५० दिन राख्यो लाखौँ लियो तर पनि होस फर्किएन । त्यसपछि लिलानाथले छोरोलाइ नर्भिक अस्पताल पुर्याए त्यहाँ पुगेपछि थाहा भयो कृष्णहरिको मष्तिस्कमा असर परेको छ । कृष्णहरि उपचारका लागि जनमैत्री अस्पतालमा मात्र सात महिना ११ दिन बसे । त्यसपछि उनी नेपाल हेल्थकेयर इक्विपमेन्ट डेभलपमेन्ट फाउन्डेसनमा बसेका थिएँ । त्यहाँ उनले केही वर्ष नै बिताए । विगत ८ वर्षदेखि विभिन्न अस्पतालमै उपचार जारी राखेपछि कृष्णहरि निको हुन सकेका छैनन् । लिलानाथले छोराको उपचारका लागि आधा करोड भन्दा बढी पैसा सकिसकेका छन ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १५:५८