१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

गौतम अदानी फेरि परे विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा

१४ मंसिर, काठमाडौं । गौतम अदानी फेरि विश्वका धनी व्यक्तिको सूचीमा परेका छन् ।  भारतीय सेयर बजारमा सूचीकृत उनको १० वटै कम्पनीको सेयरको मूल्य बढेपछि अदानी शीर्ष २० धनी व्यक्तिको सूचीमा परेका हुन् ।

ब्लूमबर्गले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अदानी भारतका दोश्रो धनाढ्य रहेका छन् । गत वर्ष अदानी विश्वका धनी व्यक्तिहरूको सूचीमा दोस्रो स्थानमा समेत पुगेका थिए।

तर, अदानी समूहको बारेमा हिंडनबर्गको रिसर्च रिपोर्टपछि समूहका कम्पनीहरूको सेयरमा ठूलो गिरावट आएको थियो र उनी शीर्ष २० बाट बाहिरिएका थिए। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार उनको पूँजी एक दिनमा करिब ६.५ अर्ब डलर अर्थात् करिब ५४ हजार करोड रुपैयाले बढेर हाल अदानीकाे कुल सम्पत्ति ६६.७ अर्ब डलर पुगेको छ । उनी शीर्ष २० धनीहरुको सूचीमा १९औं स्थानमा पुगेका छन् ।

प्रकाशित मिति : November 30, 2023 at 1:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/