२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदनको ओहिरो, सेयर पाउन भाग्यकै भर !

१४ मंसिर, काठमाडौं। नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा आवेदनको ओहिरो लागेको छ । कम्पनीको आईपीओमा बुधबार अन्तिम दिन बैंकिङ समयसम्ममा मागभन्दा करिब १२ गुणा आवेदन परेको हो ।

सीडीएसीका अनुसार कम्पनीको आईपीओमा १२ लाख ५७ हजार ७५६ जना आवेदकबाट १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४३ हजार ३९० कित्ता सेयर माग भएको छ । यो मागभन्दा ११.९५ गुणा बढी आवेदन हो।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ।

प्रकाशित मिति : November 30, 2023 at 9:49 am