नेपाल बैंकको संचालकमा साधना घिमिरे नियुक्त
१३ मंसिर, काठमाडौँ । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् ।
घिमिरेले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १७:००