१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

समस्या समाधानपछि सेयर कारोबार सुरु, ३:२४ सम्म खुल्ने

१३ मंसिर, काठमाडौं ।  प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ । बुधबार प्राविधिक समस्याका कारण खुल्न नसकेको सेयर कारोबार झण्डै २५ मिनेट ढिला गरी खुलेको हो।

 प्राविधिक समस्या समाधान भएसँगै ११ः२४ देखि कारोबार भइरहेको नेप्सेले एक सूचना जारी गर्दै जनाएको छ । बुधबार बिहान प्रि ओपन सेसनमा समेत सेयर कारोबार हुन सकेको थिएन। अहिले नियमित कारोबार भने खुलेको छ। ‘आज मिति २०८०।०८।१३ मा नियमित सत्रको कारोबार ११ः२४ देखि सुचारु भएको छ । कारोबार अवरुद्ध भएको समय (२४ मिनट) थप गरी कारोबार समय ३:२४ सम्म कायम गरिएको व्यहोरा समेत अनुरोध छ ।’ नेप्सेले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १२:३६