१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

३ अर्बको ऋणपत्र निष्कासन गर्न नबिल बैंकले पायो धितोपत्र बोर्डबाट अनुमति

११ मंसिर, काठमाडौं। नबिल बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले निष्कासन गर्ने कुल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १८ लाख इकाई कम्पनीले आफै विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ

बैंकले ७ वर्ष अवधिको नबिल बैंक ऋणपत्र २०८७” जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर हुनेछ ।बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १४:४८