२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? प्राविधिक जानकारीसहित शिवम् सिमेन्टले ल्यायो ‘शिवम् सन्देश’

११ मंसिर, काठमाडाैं । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छ ? पख्नुहोस्, एक पटक शिवम् सन्देश अवश्य हेर्नुहाेला । एनएस क्वालिटी अवार्ड-२०१९ बाट पुरस्कृत शिवम् सिमेन्टले हालै ‘शिवम् सन्देश’ ल्याएको छ ।

‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह हो। यसमा घर निर्माण पुर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरीएकाे शिवम् सिमेन्टले जनाएको छ।

वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ती तथा कमजोरी नहोस् भन्ने उद्देश्यले शिवम् सिमेन्टले शिवम् सन्देश ल्याएको हाे । घर बन्ने जग्गाको छनोट, गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने? जस्ता थुप्रै उपयोगी जानकारीहरु समेटिएको शिवम् सन्देशले भरोसा अटुट सम्बन्धको’ भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पुर्‍याउने जिकिर गरेको छ।

यस्तै, भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ? घर बनाउँदा बजेटको व्यवस्थापन तथा वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जवाफ ’शिवम् सन्देश’मा समेटिएका छन्।

यस्ताे छ ‘शिवम् सन्देश’

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ११:२१